चर्चित पत्रकार ऋषि धमालकी श्रीमती एलिजा गौतमद्वारा निर्मित तथा अभिनीत फिल्म ‘अनुराग’ को पहिलो गीत सार्वजनिक भएको छ । जेष्ठ ११ गतेलाइ प्रदर्शन मिति तोकिएको फिल्मको ‘कान्छा दाई’ बोलको क्लब सङमा सार्वजनिक गरिएको हो । ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वर रहेको गीतमा ताराको संगीत र ममताको शब्द छ । गीतमा ‘कार्टुन क्रु’ का सरोज अधिकारी र फिल्मकी लिड अभिनेत्री एलिजा प्रस्तुत छन् । क्लबमा यी दुई मज्जासंग झुमेको देख्न सकिन्छ ।

विक्रम स्वाँर गीतका कोरियोग्राफर हुन् । यो फिल्ममा एलिजाले नव–नायक समुन्द्र पण्डितसँग रोमान्स गरेकी छन् । फिल्मका निर्देशक सत्यराज चौलागाई हुन् । ‘अनुराग’ मा एलिजा, समुन्द्रसंगै ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतको अभिनय छ ।
फिल्म ‘अनुराग’ सांगीतिक प्रेमकथामा आधारित छ । रामकुमार केसीले खिचेको फिल्ममा किरण दाहालको कथा छ । भरत गौतम र गीता भेटवाल फिल्मको निर्मातामा छन् । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।

For More videos Log on to Mazzako TV