अभिनेत्री ऋचा शर्माको अभिनय तथा निर्माण रहेको फिल्म ‘सुनेकसरी’ को टिजर सार्वजनिक भएको छ । अस्ट्रेलियाका बिभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्मको टिजर सार्वजनिक गरिएको हो । अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘सुनेकसरी’ को टिजर हेर्दा डर लाग्छ ।

फिल्म भूत प्रेतमाथिको कथा तथा हरर जर्नरामा निर्माण गरिएको छ । टिजरमा अभिनेत्री शर्मा र कलाकार रविन्द्र झा प्रस्तुत छन् । ‘सुनकेसरी’ मा ऋचासंगै भीम न्यौपानेको समेत लगानी रहेको छ । चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भीम न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । ‘सुनकेसरी’ जेठ ११ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV