आज अर्थात शुक्रबारबाट फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको छ । आकाश अधिकारी निर्देशित फिल्मको आज बिहान बिषेश शो राखिएको थियो । राजधानी स्थित ‘बिग मुभिज’ मा राखिएको बिषेश शोमा फिल्मले तारिफ पाएको छ । स्व.अभिनेता श्रीकृष्ण श्रेष्ठको परिवार तथा आफन्तले श्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ हेरेका हुन् ।

स्व.श्रीकृष्णको परिवारले फिल्म मन छोएको प्रतिक्रिया दिए । साथै उनिहरुले श्रीकृष्णको धेरै सम्झना आएको बताएका छन् । यता ‘कोहिनूर’ पछि दर्शकमाझ फिल्म हेरर बाहिर निस्केकी श्वेताले आँसु थाम्न सकिनन् ‘फिल्म हेर्दा शिव सर र श्री दादालाई निकै मिस गरें’, श्वेताले रुदै भनिन् ।

 

फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । यम थापाको कथामा रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV