भोली अर्थात शुक्रबारबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘कान्छी’ को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । रिलिजको पुर्व सन्ध्यामा फिल्मको ‘यो मन रमाउँदै’ बोलको गीतमा सार्वजनिक गरिएको हो । गीतमा अभिनेत्री तथा निर्मात्री श्वेता खड्का र अभिनेता दयाहाङ राई मज्जाले माया अभिब्यक्त गर्दै प्रस्तुत भएका छन् ।

दीवाकर भट्टराईको शब्द रहेको गीतमा अर्जुन पोखरेलको मिठो संगीतले मन छुन्छ । अझ अञ्जु पन्त र युवराज चौलागाईँले स्वरले सुनमा सुगन्ध थपेको छ । फिल्म भोली शुक्रवारबाट झण्डै ७० बढी सिनेमाघरमा एकसाथ लाग्दै छ । ‘कान्छी’ का आकाश अधिकारीले निर्देशक हुन् । फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र भूमिका श्रेष्ठको समेत अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह–निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV