अभिनेत्री केकी अधिकारीले फिल्म ‘हुर्रे’मा आफू मेनका नामक यूवतिको भूमिकामा रहेको बताएकी छिन् । पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा उनले यो फिल्ममा आफू यूवाहरुलाई माया जालामा फसाउने यूवतीको भूमिकामा देखिएको बताइन् । फागूण २५ गतेबाट रिलिज हुन लागेको फिल्मको यूनिट अहिले राजधानी बाहिर पुगेको छ । पोखराबाट सुरु भएको फिल्मको प्रमोशन पूर्वका विभिन्न स्थानसम्म पुग्नेछ ।

फिल्ममा अनुप विक्रम शाही, केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । यख ईन्टरटेन्मेन्ट ब्यानरमा निर्मित फिल्मको लगानी सार्वजनिक गरिएको छैन । फिल्मका मुख्य कलाकार राजाराम पौडेलले ’हुर्रे’ को सबै छायांकन पशुपति क्षेत्रमा सम्पन्न भएको बताए । यो फिल्ममा काम गर्दा आफूलाई १६ बर्षे यूवकको जस्तो महशुश भएको उनले बताए । यम थापाको लेखन तथा निर्देशनमा यो फिल्म बनेको हो । फिल्ममा दावा श्रेर्पा , सोनम लामा र शेयरिङ्ग डोर्जी लामा लगानी छ ।

For More videos Log on to Mazzako TV