सुमन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘साथ–साथ’ को घोषणा गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मको यहि फागुनको दोस्रो साताबाट छायांकन सुरु हुनेछ । रेशा श्रेष्ठको लगानीमा निर्माण हुने फिल्ममा शुशील पोख्रेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतको अभिनय रहनेछ ।

फिल्म ‘साथ–साथ’ बाट नव नायक आशिष अर्यालले डेब्यू गर्दैछन् । श्री तिमल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने फिल्मको कथा कलाकार शुशील पोख्रेलले लेखेका हुन् । फिल्मलाई वर्ष २०७५ माघ १ गते रिलिजको तयारी गरिएको निर्देशक घिमिरेले जानकारी दिए । फिल्ममा शिव ढकालको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, रुपेश बाँस्कोटाको संगीत, एन.वी महर्जनको द्वन्द्व र रामजी लामिछानेको नृत्य रहने छ । फिल्म लभस्टोरी जनरामा निर्माण हुनेछ ।

For More videos Log on to Mazzako TV