अभिनेत्री केकी अधिकारीको पहिलो निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को दोस्रो गीत सार्वजनिक भएको छ । बिशाल भण्डारी निर्देशित फिल्मको प्रेम दिवसको अवसर पारेर ‘अब मन सँग मन’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर सुन्न सकिन्छ ।

गीतमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र बिनोद न्यौपानेलाई फिचरिङ गरिएको छ । उक्त ‘अब मन सँग मन’ गीतको कर्णाली, टिकापुर र बाँकेका विभिन्न ठाउँमा छायाकंन गरिएको हो । फिल्मको यसअघि सार्वजनिक ‘सिओ डब्लु काउ’ बोलको गीतले पनि मज्जाको प्रतिक्रिया पाइसकेको छ । फिल्ममा ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा र लोकेश बज्राचार्यको सम्पादन रहेको यो फिल्मले तीन यूवतीको कथा भन्नेछ । यो फिल्म बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV