अभिनेता प्रदीप खड्का अनिनित फिल्म प्रतिक्षित ‘लिलिबिलि’ को शिर्ष गीत रिलिज गरिएको छ । ‘भ्यालेनटाइन डे’ को अवशर पारेर फिल्मको ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा स्कटल्याण्डको सौन्दर्यलाई छायांकार सुदिप बरालले कैद गरेका हुन् । स्कटल्यान्डमा छायाँकन गरिएको भिडियोमा नायक प्रदीप र नव नायिका जसिता गुरुङ फिचरिङ भएका छन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

चैत ३० गतेबाट प्रदर्शनमा खाउँने फिल्म स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा फिल्मको छायांकन गरिएको हो । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप, जसितासँगै र नायिका प्रियंका कार्की, अनुप विक्रम शाही र सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्सको अभिनय रहेको छ । काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स ईन्टरटेनमेन्टको संयुक्त प्रस्तुती रहेको फिल्ममा गोविन्द शाही र सुदिप खड्का निर्माताको रुपमा रहेका छन् ।

For More videos Log on to Mazzako TV