‘भ्यालेनटाइन डे’ को अवसर पारेर गायक स्वरुपराज आचार्यको स्वर रहेको ‘तिम्रो साथ’ बोलको गीत सार्वजनिक भएको छ । रेशम श्रीस्को शब्द तथा बालाबन्द राईको संगित रहेको उक्त गीतलाई ‘भ्यालेनटाइन डे’ को अघिल्लो दिन सार्वजनिक गरिएको हो ।

विन्धबासिनी म्युजिक प्रालीले बजारमा ल्याएको उक्त गीतको म्युजिक भिडियोमा सुरबिना कार्की र भट्टराई गनैशको अभिनय रहेको छ । निर्मल न्यौपानेले निर्माण गरेको उक्त गीतको म्युजिक भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् । गीतमा प्रेमिकाको साथ पाएपछि किन भगवान् माग्नु पर्छ भन्ने भाव व्यक्त गरिएको छ । गीतमा प्रेम जोडीको गहिरो प्रेमलाई देखाउन खोजिएको छ ।

For More videos Log on to Mazzako TV