‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै गायक सुजन तिगेला लिम्बुले आफ्नो गीत ‘कसम मन पर्यो’ को भिडियो सार्वजनिक गरेका छन् । मायालु जोडीको लागि खास मानिने दिनलाई लक्षित गर्दै प्रेमिल भाव व्यक्त गर्ने गीत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् ।

यो गीत एल्बम’कालजयी (२’ मा संग्रहित छ । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

https://youtu.be/EZTxjKG3edg

 

For More videos Log on to Mazzako TV