गायक अमृत क्षेत्रीले ‘भ्यालेन्टाइन डे’ को अबशरमा नयाँ गीत सार्वजनिक गरेका छन् । उनको ‘मग मग’ बोलको गीत दर्शक तथा श्रोता सामु लिएर आएका हुन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्री फिचरिङ छिन । गीतको भिडियोमा यी दुईको प्रेमलाई देखाइएको छ । गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ ।

गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ । गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV