फिल्म ‘कृ’की अभिनेत्री अदिती वुढाथोकीको बिषयमा गसिप बनिरहेको छ । यतिसम्म कि, उनी नेपाली होइनन् भन्ने चर्चा समेत चल्न थालेको छ । अदितीसँग भारतीय नागरिकता र पासपोर्ट भएको चर्चा समेत चलेको छ । एक भारतीय अनलाइनमा भारतका चर्चित इन्स्ट्राग्रामका सुन्दरी भनेर खबर आएपछि यो चर्चा चलेको हो ।

तर, अभिनेत्री अदिती वुढाथोकीले भने आफू नेपाली नागरिक नै भएको बताएकी छिन् । अदितीले अब सबैलाई आफूले आफ्नो नागरिकता र पासपोर्ट देखाउँदै हिड्नुपर्ने हो भनेर जवाफ समेत दिएकी छिन् । झापाकी अदिती लामो समयदेखि सिनामंगलमा बस्दै आएकी छिन् । उनी मुम्बइमा बसेर मोडलिङ पनि गर्दै आएकी छिन् ।

For More videos Log on to Mazzako TV