अभिनेत्री स्वेता खड्का फागूण ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’ले मन छुनेमा ढुक्क छिन् । स्वेताको निर्माण र अभिनय रहेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्मको प्रचारका लागि काठमाण्डौ बाहिर पुगेकी स्वेताले चितवनमा पुगेर कान्छीले मन छुने बताइन् । स्वेताका अनुसार उनलाई फिल्मको प्रचारका लागि कुनै स्क्यान्डल नै गर्नुपदैन ।

दर्शकले आफ्नो कामलाई मन पराउने उनको दाबी छ । स्वेताले चितवनलाई आफ्नो माइतीघर समेत भनेकी छिन् । माइतीघरमा फिल्मले ५१ दिन मनाएको हेर्ने चाहना समेत उनको छ । अभिनेता दयाहाङ राइले ‘कान्छी’ फिल्म सुख र दुःखको संयोग रहेको बताएका छन् । उनले यो फिल्म चल्नेमा ढुक्क रहेको बताए । आकाश अधिकारीले निर्देशन गरेको फिल्मको ‘चरी चट्ट परि फुरुरु’ बोलको गीत चर्चामा छ ।

For More videos Log on to Mazzako TV