सार्वजनिक प्रर्दशनमा आएको तेस्रो दिन अर्थात आईतबार साँझ कुमारी हलमा चलचित्र ‘कृ’को बिशेष शो राखिएको थियो । जहाँ अनमोल केसीलाई हेर्न, छुन अनि रेड रोज दिन युवतीहरु लाम लागेको बसेको देखियो ।

सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको यस बिशेष कार्यक्रमका मुख्य आर्कषण भने अनमोल नै बने । युवतीहरु माझ उनको बिशेष क्रेज रहेको छ, उनलाई देखेर खुशीले आँशु खसाल्दै रुने युवतीहरु पनि कार्यक्रममा देखियो ।

नायक अनमोल सहित नायिका अदिती बुढाथोकी, निर्देशक सुरेन्द्र पौडेल, कलाकार अनुप बिक्रम शाही लगायत सिनेमाको टोली कार्यक्रममा उपस्थित थियो । त्यस्तै चर्चित सञ्चारकर्मी रबि लामिछानेसँग पनि कार्यक्रममा सेल्फी लिने युवतीहरु उत्तिकै थिए ।

समिक्षकहरुबाट मिश्रित किसिमको प्रतिक्रिया पाईरहेको चलचित्र ‘कृ’लाई आम दर्शकले भने मन पराएका छन् । चलचित्रले यतिबेला हाउसफूलको ब्यापार गरिरहेको छ । ओपनिङ्ग ठीकै भएपनि शनिबार बाट चलचित्रले राम्रो ब्यापार गरिरहेको छ । हेरौं चलचित्र ‘कृ’को बिशेष शो मा जे देखियो तस्वीरमा ।

Watch Video Here :-

 

For More videos Log on to Mazzako TV