धनश्याम लामिछाने निर्देशित फिल्म ‘पञ्चेबाजा’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सविन एकतारेको शब्द, कालिप्रसाद बाँस्कोटाको संगीत र राहुल विश्वासको स्वर रहेको ‘म के बोलौं’ बोलको गीत हालै युटुब मार्फत सार्वजनिक भएको हो । उक्त स्याड भर्सन गीतमा अभिनेता सौगात मल्ल, कर्म र नायिका जस्मिन श्रेष्ठ फिचरिंग भएका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

फिल्म ‘पञ्चेबाजा’ मा सौगात, कर्म र जस्मिनसँगै अर्की अभिनेत्री सृजना सुब्बा, बुद्धि तामांग लगायतको अभिनय छ । न्यू भेनस फिल्मस् को ब्यानरमा निर्माण भएको फिल्मका राजेश शाही निर्माता हुन् । सारा गुरुङ सह–निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, दीर्घ खड्काको सम्पादन, प्रदिप भारद्वाजको लेखन, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन छ ।  ‘पञ्चेबाजा’ फागुन ११ गतेदेखि अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

गीत यसरी रेकर्ड भएको थियो । हेर्नुस् मज्जाको भिडियो :

 

 

For More videos Log on to Mazzako TV