यहि फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘गाँजा बाजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । कुलतमा फसेका युवाहरुको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर हालै युटुब मार्फत सार्वजनिक गरिएको हो । गणेशदेव पाण्डे निर्देशित फिल्म ‘गाँजा बाजा’ मा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रविन थापा, उद्धव राज भट्टराई, अम्वर सुवेदी, गोपाल अर्याल, रक्षा श्रेष्ठ, कुविर सुब्बा लगायतको अभिनय छ ।

निर्देशक पाण्डेकै लेखन रहेको फिल्मलाई गोमा विष्टले निर्माण गरेकी हुन् । नामकै ‘गाँजा बाजा’ लाई चलचित्र विकास वोर्डले प्रदर्शनमा रोक लगाएको थियो । उक्त रोक्का फुक्का भएपछि निर्माण युनिट फिल्म प्रदर्शन गर्न तयार भएको हो ।

https://youtu.be/K-ae-kGy-hI

 

For More videos Log on to Mazzako TV