यूवा स्टार नायक अनमोल केसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘कृ’ आजबाट रिलिज भएको छ । करिब २ बर्षको ग्यापमा नायक केसी नयाँ फिल्मको साथमा हलमा छिरेका हुन् । २ वर्षको कडा परिश्रमका साथ उनी दर्शक माझ आएका हुन् । त्यसैले पनि फिल्मले आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ । केहि महिनादेखि हलमा कमजोर ब्यापार भैरहेको बेलामा ‘कृ’ ले दर्शक हलमा फर्काउने अपेक्षा धेरैको छ ।


यो फिल्मसँग जुध्न कुनै पनि नेपाली फिल्म हलमा छैनन् । तर, मल्टिप्लेक्समा भने बलिउडस्टार अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ रिलिज भएको छ । ‘प्याडम्यान’ ले गर्दा ‘कृ’ ले मल्टिप्लेक्समा अपेक्षा अनुसार शो पाएको छैन । फिल्मले शुक्रबारको बिहानी शोमा सुखद ओपनिङ गरेको छ । काठमाण्डौको गोपिकृष्ण मुभिजमा ४ वटा पर्दा हाउसफूल हुदा मल्टिप्लेक्समा बिहानी शोमा ६० देखि ८० प्रतिशतको अकुपेन्सी देखिएको छ ।

सुरेन्द्र पौडेलले निर्देशित फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको मुख्य भूमिका छ । सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको फिल्ममा नायक अनमोल केसीको एक्सन र चकलेटी रुप देख्न सकिन्छ ।

For More videos Log on to Mazzako TV