अभिनेत्री नीता ढुंगानाको प्रेम टुटेको २ बर्ष भयो । २ बर्षपछि मात्र उनी र उनका पूर्व प्रेमी आमेष भण्डारी काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा देखिए । दुबैले मिडियामा पहिलो पटक कुरा खोले ।


व्रेकअपपछि नीता र आमेष आफ्नो बाटोमा छन् । नीता फिल्ममा व्यस्त छिन् । अभिनेत्री नीता ढुंगानाका परिहन पनि बोल्ड बन्न थालेका छन् । उनी, विन्दास पनि देखिएकी छिन् । नीताले काठमाण्डौमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा पनि बोल्ड पहिरन लगाएकी थिइन् । यसपछि, फिल्म ‘हुर्रे’ र ‘पंचायत’को पत्रकार सम्मेलनमा पनि उनको पहिरन बोल्ड थियो ।
राजधानीमा आयोजना भएको ‘कान्छी म्यूजिकल नाइट–२०१८’मा पनि नीताले बोल्ड पहिरन लगाइन् ।
नीताको पहिरन फेरिएको छ, साथै उनको स्टाइल पनि ।

For More videos Log on to Mazzako TV