अभिनेत्री स्वस्तिमा खड्काले आफूले बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुन लागेको कन्सर्टमा ननाच्ने बताएकी छिन् । अभिनेत्रीहरुलाई आयोजकले हिन्दी गीतमा सलमानको पछाडि कोरसको रुपमा नाच्न भनेपछि उनीहरुले अस्विकार गरेका हुन् । स्वस्तिमाले आफूले नेपाली गीतमा सलमान नाच्छन् भने आफू नाच्न तयार रहेको तर हिन्दी गीतमा ननाच्ने बताएकी थिइन् ।

आयोजकले आफूहरुमाथि हेपाहा शैलीको व्यवहारमा कुरा गरेको स्वस्तिमाको आरोप छ । उनले, सलमान खान भन्ने वित्तिकै नेपाली अभिनेत्रीहरु दौडिएर जान्छन् भन्ने सोच आयोजकमा रहेको तर आफूहरुको पनि नेपालमा आफ्नै क्रेज र इज्जत भएको बताइन् । अभिनेत्री प्रियंका कार्की र मोडल एलिसा राइले पनि सलमानको शोमा नाच्न मानेनन् ।

For More videos Log on to Mazzako TV