अभिनेता खगेन्द्र लामिछानेले आफू अभिनित फिल्मको स्क्रिप्ट आफै लेख्छन् । खगेन्द्रले अरुले लेखेका स्क्रिप्टमा विश्वास नै गर्दैनन् । के, खगेन्द्रले अरुले लेखेको कथामा काम नै नगर्ने हुन् त ? खगेन्द्रका अनुसार उनले आजसम्म राम्रो स्क्रिप्ट नै पाएका छैनन् । आफूले लेखेको भन्दा राम्रो स्क्रिप्ट पाएको खण्डमा काम गर्न नै छाडिदिने उनको भनाई छ ।

उनले, अरुले पनि राम्रो कथा लेख्ने तर आजसम्म राम्रो कथा आफूलाई अफर नआएको बताए । खगेन्द्र फिल्म ‘टलकजंग भर्सेस टुल्के’बाट नेपाली फिल्ममा उदाएका हुन् । उनले अभिनय गरेको ‘पशुपति प्रसाद’ चर्चित मानिन्छ । खगेन्द्रले अभिनय गरेका फिल्ममा उनले नै कथा लेख्दै आएका छन् ।

For More videos Log on to Mazzako TV