याम थापा निर्देशित फिल्म ‘हुर्रे’ को ट्रेलर सार्वजनिक गरिएको छ । यहि फागुन २५ गतेबाट अलनेपाल सार्वजनिक प्रर्दशनमा आउँने फिल्मको उक्त ट्रेलरमा माया, प्रेम, धोका, कमेडी प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु नायिका केकी अधिकारी, अभिनेता अनुपविक्रम शाही, कलाकारहरु राजाराम पौडेल, अंकित खड्का, विजय बराल, संगीता नापितछन् । साथै संगीतकार राजनराज सिवाकोटीलाई समेत ट्रेलरमा अटाइएको छ ।

फिल्मका यसअघि सार्वजनिक ‘ठेकीमा दही’ र ‘बाचेनी पशुपति मरेनी पशुपति’ बालेको गीतले फिल्मलाई प्रतिक्षित बनाइसकेको छ । याम थापाको लेखन तथा निर्देशन रहेको ‘हुर्रे’ लाई दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले संयुक्त रुपमा निर्माण गरेका हुन् । पशुपति परिसरमा फूल बेच्ने युवतीको भूमिकामा केकी र अभिनेता विक्रम शाही पूजारीको भूमिका छन् ।

For More videos Log on to Mazzako TV