धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको ‘एकिकृत नमुना बस्ती सन्तपुर’ मंगलवार एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीका अध्यक्ष सत्यनारायण माझीलाई साँचो हस्तान्तरण गरिन् ।

फाउण्डेशनले आफ्नो चौथों परियोजना अन्तर्गत ५ करोड ९९ लाखको लागतमा ४७ वटा दुई तल्ले पक्की घर, शौचालय, एउटा सामुदायिक भवन, मुसहर र पासवानको कुल देवताको २ वटा छुट्टाछुट्टै मन्दिर, एउटा विद्यालय भवन, एउटा क्लव घर, एउटा बाल उद्यान र एउटा फलामको अग्लो भ्यू टावर समेत निर्माण गरेको छ । अझै ७० लाख रकम अभाव भएपनि बस्ती हस्तान्तरण भएपछि बाँकी रकम उठनेमा उनी विश्वस्त रहेको सिताराम कट्टेलले बताए ।

   

For More videos Log on to Mazzako TV