फिल्म ‘चि मुसी चि’ बन्ने भएको छ । फिल्मका मुख्य कलाकार फाइनल भएपछि निर्माण हुने घोषणा गरिएको हो । ‘शकुन्तला’ फिल्मका निर्देशक दिनेश श्रेष्ठले यो फिल्मको निर्देशन गर्ने भएका छन् । फिल्ममा सुनिल क्षेत्री र अलिना शर्माको मुख्य भूमिका रहनेछ । सिल्भर लेक पिक्चर्सको प्रस्तुतिमा यो फिल्म बन्न लागेको हो ।

फिल्ममा कमली वाइवा, सुशान्त कार्की, सुशान्त बस्याल, शिवराज कार्की, रश्मी भट्टको पनि अभिनय हेर्न पाइनेछ । फिल्ममा महेश्वर खत्री र सुवास भुर्तेलको लगानी रहनेछ । उनीहरुलाई शिवराज कार्कीले कार्यकारी निर्माताकोरुपमा र अरुण गुरुङ र अनिल श्रेष्ठले सह–निर्माताको रुपमा साथ दिदैछन् ।

फिल्ममा बासु न्यौपानेको छायांकन, अष्ट महर्जनको एक्सन, सुनिल क्षेत्री र विक्रम स्वारको कोरियोग्राफी, सुरज अधिकारीको संगीत रहने फाइनल भएको छ ।

For More videos Log on to Mazzako TV