अभिनेत्री सारा पहिलो पटक अभिनेता निखिल उप्रेती क्याम्पबाट बाहिर आएकी छिन् । उनले फिल्म ‘सुश्री सम्पत्ती’मा काम गर्ने पक्का भएपछि निखिल विनाको पहिलो फिल्ममा उनले काम गर्न लागेकी हुन् । अभिनेत्री साराले यो आफ्नो निर्णय भएको बताइन् । उनले निखिलको क्याम्पबाट बाहिर आउँदा आफूलाई दुःख समेत नलागेको बताइन् ।

सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको फिल्मको शिर्ष भूमिकामा देखिन लागेकी साराले कथावस्तु मनपरेपछि काम गर्न लागेको बताइन् । उनले भर्सटायल भूमिकामा आफू देखिन रुचाउने पनि बताइन् । सारालाई निखिलसँग २ वटा फिल्ममा काम गर्दा फाइदा खासै भएन । निखिलको स्टारडमका कारण उनी छायाँमा परिन् । निखिलको क्याम्पबाट बाहिर आउँदा उनलाई फाइदा होला कि घाटा ?

 

For More videos Log on to Mazzako TV