फिल्म ‘नथिया’को निर्माण हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालले यो फिल्मको निर्देशन गर्नेछन् । उनले फिल्म ‘चङ्गाचेट’को छायांकन सकिएपछि यो फिल्म बनाउने बताएका छन् । काठमाण्डौका प्रज्ञा प्रतिष्ठानमा आयोजना भएको कार्यक्रममा फिल्ममाथि सिनेमा बनाउने घोषणा गरियो । फिल्मको निर्माण भूपेन्द्र खड्काले गर्दैछन् । बादी महिलाहरुको जीवनको कथालाई यो फिल्मले उतार्नेछ ।

फिल्मले बादी महिलाहरुको राजनीतिक, सामाजिक, सांकृतिक, मनोविज्ञान र यौन दासताको कथालाई उठान गर्ने निर्देशक खनालको भनाई छ । डीएस डीजीटल र भूपेन्द्र खड्काले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि मुख्य अभिनेत्रीको खोजी समेत गरिएको छ । फिल्म नारीको कथामा निर्माण हुनेछ । सरस्वती प्रतिक्षाले लेखेको पुस्तक अहिले चर्चामा छ ।

For More videos Log on to Mazzako TV