अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुंगाना अभिनित फिल्म ‘पञ्चायत’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर रिलिज गरिएको हो । पञ्चायत व्यवस्थालाई चित्रण गरिएको फिल्म ‘पञ्चायत’ मा सरोज र नीता संगै अभिनेत्री रुपा राना, कलाकारहरु गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीत अधिकारी लगायत अभिनय रहेको छ । टंब बुढाथोकीको संगीत रहेको फिल्ममा रामेश्वर कार्की छायाँकन छ । फिल्म चैत २ गतेदेखि प्रदर्शनमा आउँने छ । ‘पञ्चायत’ ब्यबस्थासंगै छाउपडी प्रथालाई पनि प्रस्तुत गरिएको फिल्ममा नीता चौध वर्षिय किशोरीको भूमिकामा प्रस्तुत छन् ।

सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मलाई गणेश गिरीको प्रस्तुतीमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । केहि समयअघि अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित ‘सन् फ्रान्सिस्को चलचित्र महोत्सव’ मा ‘पञ्चायत’ ले बिदेशी भाषाको ‘उत्कृष्ट चलचित्र’ विधामा र ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार जित्न सफल भएको थियो ।

 

For More videos Log on to Mazzako TV