अभिनेता अनमोल केसी रोमान्टिक अवतारमा खुबै खुल्छन् । अनमोलका लाखौ फ्यान पनि उनको चकलेटी अनुहार र रोमान्टिक शैलीका कारण बनेका हुन् । अभिनेता केसीलाई दर्शकले माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृ’मा पनि रोमान्टिक अवतारमा नै देख्न पाउनेछन् । यो फिल्ममा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको छायांकन सकेर फिल्मको टोली नेपाल आइपुगेको छ । फिल्मको यो गीतको भिडियो सोमबार रिलिज हुँदैछ । भिडियोमा मुख्य कलाकार अनमोल केसी र अदिती वुढाथोकीलाई फिचरिङ गरिएको छ ।

यो भिडियो स्कटल्याण्डमा खिचिएको हो । फिल्मको यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी छ । पुरुषोत्तम प्रधानले फिल्म खिचेका हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुतकर्ता ब्यानर द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसी फिल्मका लगानीकर्ता हुन् । सुरेन्द्र पौडेलले फिल्मको निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV