अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फेसबुक भन्दा इन्स्ट्राग्राममा बढी सक्रिय छिन् । इन्स्ट्राग्राममा उनले पोष्ट गर्ने तस्बिरहरुले उनलाई चर्चामा ल्याइरहेकै हुन्छ । तर, कहिलेकाही कुन तस्बिर पोष्ट गर्ने भन्ने नजान्दा साम्राज्ञी मिडियामा समाचारको पात्र बन्छिन् त सामाजिक संजालमा ट्रोलको शिकार । अभिनेत्रीको अहिले एउटा तस्बिर यसरि नै भाइरल भैरहेको छ । तस्बिर भाइरल हुनुको मुख्यकारण हो, उनको संवदेनशिल अंगको प्रदर्शन । आफ्नो बक्षस्थलको तल खोपिएको ट्याटु शो गर्ने क्रममा उनले बक्षस्थलको आधा भन्दा बढी भाग पनि शो गरिन् ।

सो तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेपछि उनको ट्रोल बन्न थालेको हो । उनले फिल्म ‘कायरा’का लागि यो ट्याटु बनाएकी हुन् । ट्याटु बनाएपनि सामाजिक संजालमा पोष्ट भएपछि त्यसले चर्चा पाइरहेको छ । अष्ट्रेलियामा फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनका लागि जाँदा साम्राज्ञीको विकिनी फोटो भाइरल बनेको थियो ।

For More videos Log on to Mazzako TV