बलिउड कलाकारका लागि अब नेपाल गन्तव्यको राम्रो स्थल बन्दैछ । चर्चित बलिउड कलाकार नेपाल आउने जाने गरिरहन्छन् । अभिनेता सलमान खान अर्को महिना नेपाल आउँदैछन् । तर, त्यो अगाडि नै बलिउडका २ चर्चित कलाकार नेपाल आउने तयारीमा लागेका छन् । विशाल भारद्धाजले निर्देशन गर्न लागेको नयाँ फिल्ममा अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खानले काम गर्दैछन् ।

फिल्म ‘पिकु’ पछि यी दुइले एकैसाथ काम गर्न लागेका हुन् । यो फिल्मको छायांकन मार्च ५ बाट नेपालमा सुरु हुँदैछ । यो फिल्मका मुख्य कलाकार भएका नाताले पनि दीपिका र इरफान नेपाल आउने संभावना छ । तर, अहिलेसम्म यी दुइ नेपाल आउने बिषयमा केहि पनि बताइएको छैन । तर, मार्च ५ बाट नेपालमा यो फिल्मको छायांकन सुरु हुने पक्कापक्की छ ।

 

For More videos Log on to Mazzako TV