नायक गौरव पहारी र नायिका अनु शाह अभिनित फिल्म ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । आर.वि. खत्री निर्देशित फिल्मको ट्रेलर रिलिज गर्दै प्रदर्शन मिति समेत तय गरिएको छ । फिल्म २०७५ को बैशाख १४ गते अर्थात मजदुर दिवसको अवसरमा रिलिज हुने पक्का भएको हो । श्रमिकहरुले भोगेको दुख पीडालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा शान्ता ढकाल र इन्जिनियर सञ्जय महत्तोको लगानी रहेको छ । नन स्टप क्रियशनको ब्यानरमा निर्माण भएको ‘पसिना’ का कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल हुन् । फिल्ममा गौरव, अनुकासंगै सरोज खनाल, रबि गिरी, धुव्र कोइराला, जयनन्द लामा, सरोज अर्याल, सृजना अधिकारी लगायतको अभिनय छ । फिल्ममा राजनराज सिवाकोटी, थिराज राई र दिपक शर्माको संगीत छ ।

शिब वि.कको नृत्य निर्देशन, देब महर्जनको द्वन्द्व रहेको ‘पसिना’ लाई नबिन निरौलाले सम्पादन गरेका हुन् । लक्ष्मी गिरी र रामकाजी बस्नेत सह–निर्माता रहेको फिल्मलाई राम के.सी. खिचेका हुन् ।

https://youtu.be/gzH8ElkL1rA

For More videos Log on to Mazzako TV