अभिनेता सौगात मल्ल आफूले पछिल्ला २ बर्षमा मात्र धेरै फिल्म खेलेको स्विकारेका छन् । फिल्म ‘पञ्चेबाजा’को बिषयमा कुराकानी गर्न संचारकर्मीमाझ घेरिएका सौगातले साथीहरुका लागि पनि २ बर्षमा धेरै फिल्म खेलेको बताएका हुन् । सौगातले आफ्नो हातमा अझै राम्रा कथामा फिल्म रहेको भन्दै चिन्ता नरहेको बताए । सौगातले आफूले कुनै पनि फिल्मका लागि हिरोइन सिफारिश नगरेको पनि बताएका छन् । फिल्म ‘पञ्चेबाजा’मा अभिनेत्री जश्मिन श्रेष्ठ रहेको थाहा भएपछि आफूले बरु उनलाई अभिनयको क्लास सिक्न जान भनेको सौगातले बताए ।

जश्मिनले पनि सौगातको आग्रहपछि आफूले अभिनयको क्लास लिएको बताइन् । फागूण ११ गतेबाट रिलिज हुन लागेको फिल्ममा आफू थिएटरमा काम गर्ने कलाकारको भूमिकामा रहेको र यो भूमिका मन परेर फिल्म गरेको सौगातले बताएका छन् । सौगातले आफूलाई आफू अभिनित फिल्म हेर्न भन्दा पनि फिल्ममा काम गर्न बढी आनन्द लाग्ने मिडियासँग खुलाएका छन् ।

 

For More videos Log on to Mazzako TV