अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छन् । फिल्म ‘कायरा’को छायांकनका लागि आर्यन र साम्राज्ञी फिलिपिन्स पुगेका हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको लुक बाहिरिएको छ । यो फिल्ममा आर्यन म्यूजिसियनको भूमिकामा देखिएका वुझ्न सकिन्छ ।

कारण, फिल्मको एक दृश्यमा आर्यनको घाटीमा गितार देख्न सकिन्छ । घाटीमा गितारको ट्याटु बनाएकाले पनि आर्यन यो फिल्ममा गायक वा संगीतकारको भूमिकामा देखिएको अड्कल लगाउन सकिन्छ । लक्ष्मण रिजालले यो फिल्मको निर्देशन गरिरहेका छन् । फिल्मलाई लिएर अभिनेता आर्यन सिग्देल उत्साहित छन् । उनकै ब्यानरमा यो फिल्म निर्माण भैरहेको छ । फिल्ममा अभिनेत्री साम्राज्ञी सेक्सी अवतारमा देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV