अभिनेता हरिवंश आचार्यले राजधानीमा आयोजना भएको कार्यक्रममा आफ्नो मनको कुरा फुकाइहाले । अभिनेत्री आँचल शर्माले फिल्म ‘सत्रु गते’को छायांकनको समयमा उनलाई ‘हरि बा’ भनेर बोलाउने रहिछन् । तर, यो कुरा हरिवंशलाई फिटिक्कै मन परेको रहेनछ । हरिवंशले ‘सत्रु गते’को कार्यक्रममा भने–‘मलाई आँचलले हरि बा भनेर बोलाएको फिटिक्कै मन परेको छैन ।

किनकी, आँचल र मेरो उमेर उस्तै हो । अनुभव र कामको हिसाबले बा भनेको हो भने त ठिक छ । तर, उमेरको हिसाबले ठिक भएन ।’ हरिवंशले यो कुरा रमाइलोमा भनेका थिए । फिल्म भित्र आँचल उनकी छोरीको भूमिकामा देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV