मह संचार र किरण केसीको प्रस्तुती रहेको फिल्म ‘शत्रु गते’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘पिरतीको बर्को’ बोलको गीत सार्वजनिक गरिएको हो । अर्जुन भट्टराईको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाको स्वर तथा सङ्गीत रहेको छ । सार्वजनिक गीतमा नायक पल शाह र नायिका आँचल शर्मा प्रस्तुत छन् ।

प्रदीप भट्टराई निर्देशित फिल्ममा कथा हरिवंश आचार्यको रहेको छ भने पटकथा दीपकराज गिरी र निर्देशक भट्टराईको हो । फिल्म किरण केसीले निर्माण गरेका हुन् । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल समेत फिल्मका निर्माता हुन् ।

चैत्र ९ गतेबाट प्रदर्शन हुने फिल्ममा पल र आँचलको अलावा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, बसुन्धरा भूसाल लगायतको अभिनय रहेको छ । दीर्घ गुरुङले फिल्म खिचेका हुन् ।

For More videos Log on to Mazzako TV