बिरेनले ट्रक चढाएर कता लगे गरिमालाई ?
बिरेनले ट्रक चढाएर कता लगे गरिमालाई ? प्रश्नको जवाफ खोज्न भिडियो नै हेर्नु पर्ला । प्रर्दशन हुन एक हप्ता बाँकी रहदाँ चलचित्र मनले मनलाई छुन्छको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा नायक विरेन श्रेष्ठ र नायिका गरिमा पन्तले ट्रकको छतमा चढेर गीत गाएको देखिन्छ ।
गीत हेरि रहदा बिरेनले ट्रकमा चढाएर कता लगे गरिमालाई ? भनने प्रश्न मनमा उब्जन पनि सक्छ । तर, यसको जवाफ भने चलचित्र हेरेपछि मात्र पाईने निमाृण युनिट बताउछ ।
हिउ जस्तै बोलको उक्त गीत दिपक लिम्बु र प्रविसा अधिकारीले गाएका छन् । बिपिन किरणले लेखेको गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । स्वं. शिव रेग्मी निर्देशित चलचित्र मनले मनलाई छुन्छ यही चैत्र २८ गतेबाट अलनेपाल प्रर्दशनमा आउदैछ ।
मिराकल मिडिया प्रालिको ब्यानरमा बनेको यस चलचित्रमा सुनिल सिटौला र बिरेन श्रेष्ठको संयुक्ट लगानी रहेको छ । चलचित्रमा बिरन र गरिमाका अलावा सुमन सिंह, मिथिला शर्मा, केशव भट्टराई, सृजना बस्नेत लगायतको पनि मुख्य भुमिका रहेको छ ।
पारिवारिक कथाबस्तु भएको चलचित्र मनले मनलाई छुन्छ स्वं. शिव रेग्मीको प्रर्दशन हुन बाँकी अन्तिम चलचित्र हो ।
For More videos Log on to Mazzako TV