आफै फिल्मको निर्मात्री भएपछि कति गाह्रो हुँदोरहेछ भन्ने अभिनेत्री शिल्पा पोखरेलले बल्ल वुझेकी छिन् । नत्र उनी, काठमाण्डौ बाहिर पुगेर आफै गाडीमा फिल्मको स्टिकर टाँस्ने थिइनन् होला । फागूण २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मंगलम’को प्रचारका लागि सुर्खेत पुगेकी शिल्पाले फिल्मको स्टिकर त्यहाँको रुटमा चल्ने गाडीमा आफै टाँसेकी छिन् ।

फिल्मकी निर्मात्री पहिलो पटक बनेकी शिल्पाका लागि यो फिल्म चल्न आवश्यक छ । निर्माता छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेताद्धय पुष्पल र पृथ्वीराज प्रसाइको साथमा शिल्पा अहिले मोफसल टुरमा छिन् । निर्माता छविराज ओझालले यस अगाडि यसरि फिल्मको प्रचार गरेको खासै देखिएको थिएन । यसैले पनि उनका लागि फिल्म कति महत्वपूर्ण रहेछ भन्ने प्रष्ट हुन्छ ।

For More videos Log on to Mazzako TV