अभिनेत्री श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म ‘कान्छी’ को ‘चरी चट्ट परी’ बालेको गीत प्रदर्शन पुर्वनै करोड भन्दा बढि पटक हेरिएको छ । फागुन ४ मा रिलिज हुने करिब ३ महिना अघि मात्र युट्युबमा सार्वजनिक गरिएको ‘चरी चट्ट परी’ बोलको गीतलाई करोड पटक हेरिएको हो । युट्युबमा सार्वजनिक भएका गीतले फिल्म रिलिज अगावै करोड क्लबको सफलता हात पारेको हो । राजनराज सिवाकोटी शब्द संगीत र स्वर रहेको गीत अन्जु पन्तले समेत स्वरमा साथ दिएकी हुन् ।

करोड भ्युज पाउने राजनराजको यो चौथों गीत हो । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा दयाहाङ राई, श्वेता खड्का, प्रज्वल सुजल गिरी र भूमिका श्रेष्ठले कम्मर मर्काएका छन् । ब्लकबस्टर फिल्म ‘कोहिनूर’ पछि श्वेताको कमब्याक रहेको फिल्म ‘कान्छी’ प्रतिक्षित फिल्म हो । आकाश अधिकारी निर्देशित फिल्म यम थापाले लेखेका हुन् । फिल्ममा श्वेता खड्का र शैलेश खड्काको लगानी छ । दयाहाङ र श्वेताका अलावा कामेश्वर चौरसिया, आशान्त शर्मा, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी, बिनोद न्यौपाने, भूमिका श्रेष्ठ लगायतको फिल्ममा अभिनय रहेको छ । काया फिल्मस्को व्यानरमा निर्मित सिनेमामा राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

For More videos Log on to Mazzako TV