अभिनेत्री संचिता लुइटेललाई निर्मात्री बनाएर फिल्म ‘पिजडा ब्याक अगेन’को जापान शोमा अभिनेता निखिल उप्रेतीले जापान लिएर गए । यो फिल्ममा अभिनेत्री साराको मुख्य भूमिका छ । तर, निखिलसँग संचिता जापान पुगिन् । जापान पुगेपछि संचिताले दैनिक तस्बिर अपलोड गरेकी छिन् । तर, संचिताले अपलोड गरेको तस्बिरमा उनी मात्र सिंगल छिन् । उनीसँग कुनै पनि तस्बिरमा निखिल देखिएका थिएनन् । तर, फिल्मको शो सकिएपछि भने संचिता र निखिल एकसाथ देखिएका छन् ।

संचिताले निखिलसँगका केहि तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छिन् । नेपाली मिडियामा संचिताले किन एक्लै फोटो पोष्ट गरिरहेकी छिन् भन्ने खबर सार्वजनिक भएका थिए । सायद, संचितालाई यसैको दबाब पो पर्यो कि ?

 

For More videos Log on to Mazzako TV