याम थापा निर्देशित फिल्म ‘राज्जा रानी’ अब बाल विवाह एवम् दाइजो केन्द्रित अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समावेश हुने भएको छ । अभिनेत्री केकी अधिकार तथा अभिनेता नाजिर हुसेन अभिनित फिल्म बाल विवाह एवम् दाइजो प्रथामा आधारित फिल्म हो ।
फिल्म ‘राज्जा रानी’ साउथ एसिया नेशनल टेलिभिजन सिंगापुरले तयार गरेको अन्तराष्ट्रिय डकुमेन्ट्रीको सुचिमा समाबेश भएको हो । आउने २८ फेब्रुअरी २०१८ को दिन सिगांपुर टेलिभिजन मार्फत फिल्म प्रसारण हुने फिल्मका मैथिली भाषा तर्फका निर्माता राजकुमार महत्तोले जानकारी दिए ।

सम्भवत, नेपाली फिल्म अन्तराष्ट्रिय डकुमेन्ट्रीमा समावेश भएको यो नै पहिलो पटक हो । फिल्ममा केकी, नाजिरसंगै कामेश्वर चौरसिया, दीपक क्षेत्री, संगीता नापित लगायतका कलाकारको भूमिका रहेको छ । ‘राज्जा रानी’ लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV