कलाकार र नेपाल टेलिभिजनका कर्मचारीहरुले मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सोमबार सिंहदरबार स्थित आर्मी ग्राउण्डमा उनीहरुले दुवैतर्फ बराबरी गोल गर्दै मैत्रीपूर्ण फुटबल खेलेका हुन् ।

नेपाल टेलिभिजनको बार्षिक उत्सबको अवसरमा फुटबल भएको हो । कलाकारको तर्फबाट दिपाश्री निरौला, सुनील थापा, लक्ष्मी गिरी, सलोन बस्नेत, सरिता लामिछाने, कविता शर्मा, शंकर बिसी लगायत मैदानमा उत्रिए भने नेपाल टेलिभिजनका तर्फबाट कर्मचारीहरुले खेलेका थिए । फुटबल खेल्न कलाकार लक्ष्मी गिरी भने सारीमै खेल मैदानमा उत्रिएकी थिइन् ।

 

 

For More videos Log on to Mazzako TV