विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको दोश्रो फिल्म ‘हैरान’को प्रदर्शन मिति पक्का भएको छ । फिल्म नयाँ सालको जेठ ४ गतेबाट रिलिज हुने जानकारी यसकी कार्यकारी निर्मात्री संझना पोखरेलले जानकारी दिएकी छिन् । फिल्मलाई राजधानीमा माधव वाग्ले र राजधानी बाहिर मनोज राठीले वितरण गर्ने भएका छन् । हाँस्य रसलाई मुख्य कथा बनाइएको यो फिल्म भित्र सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, सागर लम्साल, आरोही शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई.एल. लामा निर्माता छन् । फिल्म भित्र कथा र कोरियोग्राफी गम्भीर बिस्ट, चन्द्र पन्तको फाइट, सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत छ । फिल्ममा नवराज उप्रेती र निरज कँडेलको छायाँकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन छ ।

For More videos Log on to Mazzako TV