कतिपय समयमा कलाकार चल्छन्, फिल्म चल्दैनन् । कतिपय समयमा कलाकार चल्दैनन्, फिल्म चल्छन् । कहिले कलाकार र फिल्म दुबै चल्छन् । अभिनेत्री प्रियंका कार्कीको हकमा पनि यस्तै भएको छ । मल्टिस्टार फिल्ममा उनी चलेकी छिन् । उनकै कारण चल्नुपर्ने फिल्म चलेका छैनन् । तर, पनि उनलाई फरक परेको छैन । प्रियंकाको हातमा फिल्मको अभाव नै छैन । एकपछि अर्को फिल्ममा काम गरेको गरै छिन् ।

उनले आइतबार मात्र नयाँ फिल्म साइन गरिन् । जबकी, उनको २ साता अघि रिलिज भएको फिल्म ‘बटरफ्लाई’ चलेन । यो फिल्म प्रियंकाको स्टारडमका कारण पनि २ दिन चल्नुपर्ने हो । तर, फिल्म चलेन । फिल्म नचलेपनि उनलाई खासै असर परेको छैन । प्रियंकाका कारण चल्नुपर्ने कुनै पनि फिल्म चलेका छैनन् । तर, उनको व्यस्तता उस्तै छ । फिल्म क्षेत्रमा यसैले पनि होला उनलाई भाग्यमानी हिरोइनको रुपमा चिनिन्छ ।

 

For More videos Log on to Mazzako TV