प्रतिक्षित फिल्म ‘लम्फू’ को अडियो गीत रिलिज भएको छ । वि.सं २०७५ साल वैशाख २८ गतेलाई प्रदर्शन मिति फाइनल गरेपछि यसका निर्माता शक्तिवल्दभ घोरासैनी प्रचारमा लागेका छन् । फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । फिल्ममा समावेश ४ वटै गीतमासंगीतकार अर्जुन पोखरलेको संगीत छ । फिल्ममा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेस लामा, अप्सरा घिमिरेको स्वर छ ।

फिल्मका निर्देशकको सोच र कथा अनुसार गीत आफूले तयार पारेको अर्जुनले बताउका छन् । फिल्ममा ‘सँगै जिउने सँगै मर्ने, तिम्लाई भुलेर, दोधार दोधारमा र सुको छैन यार’ बोलका गीत समावेश छन् । यी गीतमा दिग्गज धौलारी, यूवराज सापकोटा, प्रमोद ढुंगाना, नरेश भट्टराइको शब्द छ । फिल्ममा नव–अभिनेता कविर खड्का, मरिष्का पोख्रेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जिब भण्डारी, कुशाग्र भट्टराई, ‘तरकारीवाली’को नामले परिचित कुशुम श्रेष्ठको मुख्य भूमिका छ । एक यूवाको जीवनमा आइपर्ने विभिन्न घटनालाई फिल्मले उठान गरेको छ । फिल्ममा भूपतिको लेखन, दिपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ ।

https://youtu.be/Zs8yM1iqVLo?list=PLUg__T1P9M0y-J2f6i3vrecUXpRL2q6fz

For More videos Log on to Mazzako TV