शिल्पा पोख्रेल कस्को ?? भन्ने प्रश्न यदि कसैलाई सोधियो भने पक्कै पनि जवाफ आउला ‘छवि ओझाको’ । छवि शिल्पा सम्बन्धको बारेमा थाहा नुहने सायदै होलान् । जब जब सिनेमा प्रर्दशनको समय आँउछ यि दुई बीच बिवाहको कुरा पनि उत्कर्षमा पुग्छ, अनि सिनेमाको प्रर्दशन हुन्छ, विवाहको कुरा पनि सेलाएर जान्छ ।

तर, यसपाली ‘मंगलम’ रिलिजका बेला भने यो बिषयको गसिप त्यति सुन्न पाईएको छैन । तर, यतिबेला पर्दाका हिरोहरु पुष्प खड्का र पृथ्वीराज प्रसाई भने शिल्पाको लागि तानातान गरिरहेको देखिन्छ । मज्जाको क्यामेरा उनीहरुमा पर्नासाथ देखिएका केही रमाईला दृश्यहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

यि तस्वीरहरु हेर्दा लाग्छ शिल्पाको लागि मरिहत्ते गर्दैछन् यि दुई हिरोहरु । तस्वीर हेरेर हामीले के बुझ्ने ? शिल्पाको लागि तानातान, सिनेमाको प्रोमोशन कि कुरो अर्कै छ ???

शिल्पा पोख्रेलको शीर्ष भुमिका रहेको चलचित्र ‘मंगलम’ यही फागुन २५ गतेबाट सार्वजनिक प्रर्दशनमा आँउदैछ । चलचित्रमा पुष्प र पृथ्वीराज सहित साम्राज्ञी राज्य लक्ष्मी शाहले पनि अभिनय गरेकी छिन् । मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् । सिनेमालाई छवि शिल्पाले बनाएका हुन् ।

तस्वीर – अर्जुन गुरागाँई

Watch Mazzako Video Here :-

For More videos Log on to Mazzako TV