राजेशपायलले गाए, धुर्मुसले हसाए
‘राई इज किंग’ अर्थात गायक राजेश पायल राई रमाईलो गर्न कहिल्यै पछि पर्दैनन् । उनी सुरिलो भाकामा त गाउछन नै साथमा उनका अन्य क्रियाकलापहरुले समेत दर्शक स्रोताको मनलाई तानिरहेको हुन्छ ।
त्यस्तै हाँस्यकलाकार सिताराम कट्टेलको त कुरै छाडौ । यस्तै रमाईलो माहोल देखियो विहिवार अल्फा विटा कम्प्लेक्स नयाँ बानेश्वरमा ।
‘तिमी सँग जिउने मर्ने चाहना छ मेरो, म तिमी बिना अधुरो तिमी म बिना अधुरो’ भन्दै नायिका प्रियंका कार्कीको हातै समाएर उनले कम्मर मर्काएका छन् । यता राजेशले नाच्नको लागि अफर गरेपछि नायिका कार्की पनि मख्ख देखिईन ।
चलचित्र ‘नाई नभन्नु ल २’ को पत्रकार सम्मेलनमा राजेशले आफ्नो मिठो आवाजमा गीत सुनाएर सबैलाई मख्ख बनाए । झनै नायिका प्रियंका कार्कीको नृत्यको त कुरै नगरौ । साथमा १३ बर्षे बाल गायक प्रेम परियारले पनि गीत गाएर सबैको ध्यान खिचे ।
हाँस्यकलाकार सिताराम कट्टेलले चलचित्रका निर्देशक देखि लिएर कलाकार सबैलाई ब्यंग्य प्रहार गर्न पनि भ्याई हाले । रमाईलो गर्दै निर्देशक बिकास आचार्यलाई नेपाल तालुचिण्डे संघका अध्यक्ष समेत भन्न पछि नपरेका धुर्मुसले चलचित्रमा आफ्नो भुमिका टेलिभिजनको भन्दा पृथक रहेको जानकारी दिएका छन् ।
पत्रकारहरुसँग प्रतिक्रिया लिन आयोजना गरिएको कार्यक्रममा चलचित्रका बारेमा राखिएको विभिन्न प्रश्नहरुको निर्माण टोलीले जवाफ दिएको थियो । बाल मनोविज्ञानमा आधारित रहेको चलचित्र ‘नाई नभन्नु ल २’ को संगीत पक्ष दरिलो भएझै यसको कथानक पनि उत्कृष्ट रहेको चलचित्रका निर्देशक बिकास आचार्यले जानकारी दिए ।
चलचित्रको मुख्य भुमिकामा बाल कलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराई रहेका छन् । चलचित्रका अन्य कलाकारहरुमा सरोज खनाल, जिवन लुईटेल, सुरजसिंह ठकुरी, प्रियंका कार्की, सिताराम कट्टेल, सोहित मानन्धर, बर्षा शिवाकोटी लगायत रहेका छन् । चलचित्र यही चैत्र २८ गतेबाट रिलिज हुदैछ । नाई नभन्नु ल २ सँगै सोही डेटमा स्वं. शिव रेग्मी निर्देशित मनले मनलाई छुन्छ पनि रिलिज हुदैछ ।
हेर्न बाँकी यो छ कि यि दुई चलचित्रमध्ये कस्ले बाजी मार्ने हुन ?
For More videos Log on to Mazzako TV