अभिनेत्री स्वेता खड्का आफू निर्मित तथा अभिनित फिल्म ‘कान्छी’ ब्लकबस्टर हुनेमा ढुक्क छिन् । यसका लागि उनको कसरत पनि कम छैन । बिहानदेखि बेलुकासम्म स्वेता यहि फिल्मका लागि दौडिरहेकी छिन् । आकाश अधिकारीले निर्देशन गरेको यो फिल्मको २ गीत र ट्रेलर बजारमा आइसकेको छ । स्वेता आफूले भेटेका मिडियाकर्मीदेखि फिल्मीकर्मीलाई कान्छीलाई सहयोग गर्नुपर्छ है भन्न पछि पर्दिनन् ।

यो फिल्ममा स्वेतासँगै नीर शाह, दयाहाङ राई, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्ज्वल सुजल गिरीको मुख्य भूमिका छ । फिल्म ‘कोहिनुर’ पछि केहि बर्ष दुखमा परेकी स्वेताको यो फिल्म क्षेत्रमा कमब्याक हो भन्दा पनि फरक पर्दैन । फागूण ४ गतेबाट रिलिज हुन लागेको फिल्म चलेको खण्डमा स्वेता अभिनय र व्यापारिक रुपमा नै सफल मानिनेछिन् ।

For More videos Log on to Mazzako TV