अभिनेता रजनीकान्त र अक्षयकुमार अभिनित फिल्म ‘२.०’को प्रदर्शन मिति धकेलिएको छ । यी फिल्म अब अप्रिल महिनामा रिलिज नहुने भएको छ । यो फिल्म अप्रिलमा रिलिज नहुने भएपछि नेपाली फिल्मका निर्मातालाई फाइदा हुने भएको छ । यो फिल्मका कारण मुख्यतया ‘लिलिबिली र कोहलपुर एक्सप्रेस’का निर्मातालाई तनाव भएको थियो । दुबै फिल्म वैशाख १४ मा रिलिज गर्ने तयारीमा थिए । अब, यी दुई फिल्मको भिडन्त हुन्छ या हुदैन भन्ने कुरा मुख्य हो । किनकी, दुबै फिल्मका निर्माता ‘२.०’ जुन मितिमा आउँछ त्यसको अघि वा पछि आउने तयारीमा थिए ।

वैशाख ३० मा रजनीकान्त र अक्षयको फिल्म आएको खण्डमा वैशाख १४, वैशाख १४ मा रजनीको फिल्म आएमा चैत्र ३० मा यी दुई फिल्म आउने तयारीमा थिए । अब, यी दुबै मितिमा रजनीको फिल्म नआउने भएपछि केकी र प्रदिपको भिडन्त टर्छ या के हुन्छ, प्रतिक्षा गरौ ।

 

For More videos Log on to Mazzako TV