अभिनेता प्रदिप खड्का अहिलेका स्टार हुन् । उनलाई फिल्ममा लिन निर्माताहरु मरिहत्ते गर्छन् । प्रदिप पनि निर्माताको कुरा वुझेर होला, आफ्नो पारिश्रमिक र कथाको डिमाण्डमा अग्रसर छन् । प्रदिप खड्काले काम गर्ने भनिएको फिल्म ‘रानीमहल’ अहिले नयाँ २ हिरो लिएर फ्लोरमा जाँदैछ । तर, पनि प्रदिपको चर्चा भने भैराखेको छ । यो फिल्म नेखल्दा पनि प्रदिप चर्चामा छन् । यो फिल्मका लागि यसका निर्माताले प्रदिपलाई २२ लाख सम्म पारिश्रमिक दिन तयार भएको श्रोतले जानकारी दियो ।

बिहिबार राजधानीको अन्नपूर्ण होटलमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक हिमाल न्यौपानेले यसको जवाफ दिन चाहेनन् । तर, प्रदिपले भनेकै अभिनेत्री र कथामा उनी फिल्म निर्देशन गर्न तयार थिए । अन्तिममा यो फिल्म प्रदिपले गरेनन् । तर, प्रदिप फिल्म नखेल्दा पनि मिडियामा रंगिएका छन् ।

For More videos Log on to Mazzako TV