अभिनेत्री संचिता लुइटेल र अभिनेता निखिल उप्रेती मिडियामा सधै नै चर्चामा रहन्छन् । निखिल र संचिताले बिहे गरेपछि नै उनीहरु यो चर्चामा बस्ने गरेका छन् । अभिनेता निखिल उप्रेती अभिनित फिल्म ‘पिजडा ब्याक एगेन’को प्रदर्शनका लागि अहिले निखिलसँगै संचिता जापानमा छिन् । जापानमा रहेका निखिल र संचिता एकसाथ घुमिरहेका छन् ।

तर, फेसबुक वाल चेक गर्ने हो भने संचिताका कुनै पनि तस्बिरमा निखिल छैनन् । संचिता एक्लै जापानको सौन्दर्यताको आनन्द लिइरहेकी छिन् । निखिलसँग जापान जाँदा विमानस्थलको तस्बिर बाहेक संचिताले अन्य तस्बिरमा निखिललाई साथ राखेकी छैनन् । निखिलसँग एकसाथ तस्बिर खिचाउँदा फेरि चर्चा हुन्छ भन्ने डर त होइन संचितालाई ?

For More videos Log on to Mazzako TV