अभिनेत्री बर्षा सिवाकोटी आज काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना भएको फिल्म ‘रानी महल’को पत्रकार सम्मेलनमा बोल्ड बनेर पुगिन् । बर्षालाई मिडियाले पत्रकार सम्मेलनमा सधै नै साधारण पहिरनमा देख्दै आएका थिए । तर, अन्नपूर्णमा पछाडि आधा भाग खुलेको पहिरनमा पुगेकी बर्षाले समयसँगै परिवर्तन हुन आवश्यक रहेको बताइन् ।

उनले, आफूले सधै नै यसरि केहि अंग देखाएर पहिरन नलगाउने बताइन् । तर, कार्यक्रमको प्रकृति हेरेर आफू खुलेको उनले बताएकी छिन् । बर्षा फिल्म ‘भैरे’को छायांकनपछि अब फिल्म ‘रानी महल’मा व्यस्त हुनेछिन् । यो फिल्म स्क्रिप्ट अनुसार बनेको खण्डमा उत्कृष्ट बन्ने बर्षा बताउँछिन् ।

For More videos Log on to Mazzako TV